धुलिखेल । बस्ने घर, ओढ्ने ओछ्याउने, लत्ताकपडा र खाने अन्नपात सबै जलेर नष्ट भएको छ । पल्लो टोलको सानो धारामा प्लाष्टिकको बोतलमा पानी थापेर बसिरहेका रञ्जिता तामाङ र रजनी तामाङ भने टन्टलापुर घाममा पिउनका लागि पानी जोहो गरिरहेका छन् । बिहान पढ्नका लागि विद्यालय गएका उनिहरु बेलुका घर फर्किँदा सबै जलेर उराठ भएपछि बिचल्लीमा छन्…