९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग ब्रेक थ्रु,प्रधानमन्त्रीलाई सुरुङभित्रै रातो कार्पेट र सोफा



काठमाडौं । नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्ग ब्रेक थ्रु भएको छ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुङमार्ग ब्रेक थ्रुको उद्घाटन गरेका हुन् । यो परियोजनामा रेस्क्यु र मुख्य गरेर दुई टनेल छन् । दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु टनेल २२ साउनमा ‘ब्रेक थ्रु’ भइसकेको थियो । दुई हजार ६ सय ८८ मिटरको मुख्य सुरुङमार्गमा अब दुई मिटर खण्ड मात्रै खन्न बाँकी छ।

यसअघि २३ फागुनमा मुख्य टनेलको ब्रेक थ्रु गर्ने योजना थियो। तर, स्थानीयले विभिन्न माग राखेर निर्माणमा अवरोध गरेपछि फागुन ६ गतेदेखि चैत ५ गतेसम्म सुरुङ खन्ने काम रोकिएको थियो। त्यसवेला १४ मिटर खण्ड मात्रै खन्न बाँकी थियो। ब्रेक थ्रुको उद्घाटन गर्न सुरुङमार्ग पुगेका प्रधानमन्त्री प्रचण्डलाई सुरुङ भित्रै पनि रातो कार्पेट ओछ्याएर स्वागत गरिएको छ । साथै सोफामा बस्ने व्यवस्था मिलाइएको छ ।

अवलोकनमा सहभागी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठलाई पनि सोफामा बस्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  २ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी