काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार काठमाडौं जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएपछि नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको सांसद पद पनि निलम्बन भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएसँगै उनको प्रतिनिधिसभा सदस्य पद निलम्बित भएको हो । फौजदारी अभियोगमा समातिएका सांसद थुनामा गएमा सांसद पद निलम्बित हुने व्यवस्था छ…