काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरु सरकारको स्थिरताको पक्षमा रहेको बताएका छन् । मंगलवार प्रतिनिधि सभा सदस्यको रुपमा सभामुखबाट शपथग्रहण गरेसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष यादवले आफूहरु सरकारको स्थिरताको पक्षमा रहेको बताएका हुन् । उनले सरकारले आफ्नो कार्यकाल पूरा गर्नुपर्छ भन्ने पक्षमा पार्टी रहेको स्पष्ट पारे । उनले अस्थिरताले कसैको हीत नगर्ने…