१२ असार २०८३, शुक्रबार । June 26, 2026

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको सय दिन, सरकार अझैँ अधुरै

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक सय दिनमा गरिएका कामको उपलब्धि सार्वजनिक गरेका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा उनले विसं २०८० असोज २७ गते गठन भएको यस सरकारले विराटनगरमा शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालनमा ल्याउनाका साथै सुनसरीको इटहरी उपमहानगरपालिका–११ मा…