काठमाडौं । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत बागमती प्रदेशमा सत्ता गठबन्धनका चारै विजयी भएका छन् । बिहिबार भएको निर्वाचनमा नेपाली कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भएका हुन् । अन्य क्लस्टरमा कांग्रेसका बस्नेतले ६ हजार ५ सय ३१, महिला क्लस्टरमा कांग्रेसकै पुडासैनीले ६ हजार ६…