२३ मंसिर २०८२, सोमबार । December 8, 2025

बझाङ उपनिर्वाचनः मतपेटिका संकलनको काम सकियो, ११ बजे सर्वदलीय बैठक

काठमाडौं । बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा शनिबार भएको मतदानको सबै मतपेटिका सङ्कलन गर्ने कार्य सम्पन्न भएको छ । उच्च हिमाली क्षेत्रका मतपेटिका आइतबार बिहान सेनाको हेलिकप्टर मार्फत संकलन गरी सदरमुकाम चैनपुर पुर्याइएको छ । मतपेटिका संकलनको काम सकिएपछि ११ बजे सर्वदलीय बैठक बस्ने र मतगणनाको काम अघि बढाउने तयारी गरिएको छ ।