२१ मंसिर २०८२, शनिबार । December 6, 2025

प्रमुख प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेका छन् । आ–आफ्नो स्थानमा उभिएका कांग्रेस सांसदहरूले संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरेका हुन् । कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।