काठमाडौं । निर्वाचन आचारसंहिता सोमबारदेखि हट्दैछ । आयोगले आइतबार विज्ञप्ति जारी गरी सोमबारदेखि निर्वाचन आचारसंहिता लागू नरहने जानकारी दिएको हो । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि आयोगले गत असोज १२ गतेदेखि लगाएको आचारसंहिता सोमबारदेखि नरहने भएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायमा…