२४ भदौ २०८३, बुधबार । September 9, 2026

संसदीय दलको नेता चयनपछि मात्रै सरकारबारे छलफल हुन्छः प्रचण्ड


२४ मंसिर २०७९, शनिबार  

6
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीहरुले संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकार गठनबारे छलफल हुने बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले सो कुरा प्रष्ट्याएका हुन् ।  उनले भने, ‘अव निर्वाचन आयोगले राष्ट्रपति कार्यालयमा यो निर्वाचितहरुको लिष्ट बुझाएपछि, संसदीय दलको नेता चुनिएपछि मात्रै सरकारबारे छलफल हुन्छ ।’ अध्यक्ष प्रचण्ड आफैं सत्तारुढ दलको तर्फबाट सरकारको नेतृत्वको लागि इच्छुक रहेका छन् ।

साथै सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पनि नयाँ सरकारको नेतृत्वको स्वभाविक दाबेदार हुन् । तर, काँग्रेसभित्र सरकारको नेतृत्व लिनका लागि महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री बन्नका लागि राजनीतिक भेटवार्तालाई तीव्रता दिँदै आएका छन् । 

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ४ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated