काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने दलका नेता तथा प्रमुख सचेतकलाई छलफलमा बोलाएका छन् । प्रतिनिधिसभालाई दिनुपर्ने बिजनेसबारे छलफल गर्न प्रधानमन्त्री दाहालले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई सोमबार बिहान ९ बजे बालुवाटार बोलाएका हुन् । उक्त छलफलबाट सदनलाई दिने बिजनेसको तय गर्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।