३ आश्विन २०८३, शनिबार । September 19, 2026

आज हरिबोधिनी एकादशी, तुलसी विवाह गरिदिने चलन

काठमाडौं । आज कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरी मनाइने धार्मिक प्रचलन रहेको छ । हरिबोधिनीका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ । एकादशीहरूमा सबैभन्दा ठूलो एकादशी हरिबोधिनीलाई मान्ने गरिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले…