काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेहरुलाई चालु आर्थिक वर्षमा ४८ करोड रुपैयाँ भन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको छ । मंगलवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आफ्नो ९० दिने कार्यकालमा भएका प्रगति विवरण सार्वजनिक गर्दै सो कुरा जानकारी गराएका हुन । उनले वैदेशिक रोजगारीका क्रममा ठगी गर्ने, अलपत्र पार्ने र सम्झौतामा…