एजेन्सी । इन्डोनेसियामा जारी जी–२० बैठकको अन्तिम दिन जी–७ राष्ट्रका नेताहरुले पोल्याण्डमा खसेको मिसाइलबारे छालफल गरेका छन् । अमेरिका, इटाली, जर्मनी, फ्रान्स, बेलायत, जापान, स्पेन र नेदरल्याण्ड्सका नेताहरूको उपस्थिति रहेको उक्त आपतकालिन बैठकमा युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेल र युरोपियन युनियनका आयुक्त पनि सहभागी रहेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । पोल्याण्ड नेटो सैन्य गठबन्धनको…