काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने भन्दै ठगी कार्यमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन दबाब दिँदै काठमाडौंको माइतीघरमा युवाले प्रदर्शन गरेका छन् । शनिबार दिउँसो ‘हन्ड्रेड ग्रुप’ नामक युवाहरुको संस्थाले दबाबमूलक प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीले ‘भ्रष्ट नेताहरूलाई राजनीतिक संरक्षण गर्न पाइँदैन’, ‘गृहमन्त्री काजीदाई, ठिक पार भ्रष्टाचारीलाई’, ‘प्रचण्ड सरकार भ्रष्टाचारीलाई कारबाही…