२३ माघ २०८२, बिहिबार । February 5, 2026

सुनको भाउ हालसम्मकै उच्च, प्रतितोला २ हजार ६ सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रति तोला रु दुई हजार ६ सयका दरले वृद्धि भएको छ । बुधबार प्रति तोला सुन रु एक लाख २५ हजार दुई सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रति तोला रु एक लाख २७ हजार आठ सय तोकिएको छ ।…