२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

आएपिएल क्रिकेट

५९ रनमा समेटियो राजस्थान रोयल्स


३१ बैशाख २०८०, आइतबार  

6
Shares

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स ५९ रनमा अलआउट भएको छ ।

आइतबार राति भएको खेलमा राजस्थान रोयल च्यालेन्जर्स बेंगलोरसँग ११२ रनको फराकिलो अन्तरले पराजित भएको छ । हारपछि राजस्थानको प्लेअफ पुग्ने सम्भावना कम हुँदै गएको छ । बेंगलोर १२ खेलबाट १२ अंकसहित पाँचौ स्थानमा उक्लेको छ । १३ खेलबाट १२ अंक रहेको राजस्थान छैटौं स्थानमा छ ।

राजस्थानको घरेलु मैदान सवाई मानसिंह स्टेडियम, जयपुरमा टस जितेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७१ रन बनाएको थियो । बेंगलोरका कप्तान फाप डु प्लेसिसले सर्वाधिक ५५ रन बनाए । उनले ४४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । यस्तै ग्लेन म्याक्सवेलले ३३ बलमा ५ चौका र ३ छ्कका प्रहार गर्दै ५४ रन बनाए ।

विराट कोहलीले १८ रन बनाए । अनुज रावतले ११ बलमा ३ चौका र २ छक्का प्रहार गरी अविजित २९ रन बनाए । राजस्थानका एडम जाम्पा र केएम आसिफले समान २ विकेट लिए । १७२ रनको लक्ष्य पछ्याएको राजस्थान १०।३ ओभरमै ५९ रनमा अलआउट भयो ।

राजस्थानका लागि शिमरन हेतमायरले सर्वाधिक ३५ र र जो रुटले १० रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । राजस्थानलाई अलआउट गर्न बेंगलोरका वायने पार्नेलले २ तथा माइकल ब्रेसवेल र कर्ण शर्माले समान २ विकेट लिए ।

मोहम्मद शिराज र ग्लेन म्याक्सवेलले समान १ विकेट लिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ९ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ