१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

अब विदेशबाट आउँदा दुई वटा मोबाइल ल्याउन पाइने


२७ बैशाख २०८०, बुधबार  

3
Shares

काठमाडौं । सरकाले विदेशबाट फर्किदा दुई वटासम्म मोबाइल ल्याउन दिने निर्णय गरेको छ ।

यस अघि एक वटा मात्रै मोबाइल ल्याउन पाइन्थ्यो । यसमा संशोधन गरेर सरकाले अब दुई थान मोबाइल ल्याउन दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झिटिगुन्टा आदेश संशोधन गरी थप एउटा मोबाइल ल्याउन दिने व्यवस्था गर्ने निर्णय गरेको छ ।

हाल झिटिगुन्टा आदेशमा विदेशबाट फर्किने नेपाली नागरिकले पूर्ण भन्सार छुटमा एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ । १५ पुसदेखि एमडीएमएस प्रणाली लागु गर्दै विमानस्थल भन्सारले प्रयोग भइरहेको वा नयाँ जुनसुकै फोन एक थान मात्र ल्याउन दिएपछि विवाद भएको थियो । लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालका लागि एमडीएमएस प्रणाली लागु नगर्न निर्देशन दिएका थिए ।

मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली लागु गर्ने र विदेशबाट फर्किने नेपाली नागरिकले थप एक थान (प्रयोग गरिरहेको बाहेक) फोन ल्याउन दिने गरी झिटिगुन्टा आदेश संशोधन गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ९ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली