८ चैत्र २०८२, आइतबार । March 22, 2026

नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क बचत खाता’, के-के छन् सुविधा ?


२५ बैशाख २०८०, सोमबार  

6
Shares

काठमाडौं । नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित नबिल ढुक्क बचत खाता बजारमा ल्याएको छ ।

उच्चतम ब्याजदर र तीन वटा बिमा सुविधासहित यो बचत खाता ल्याइएको नबिल बैंकले जनाएको छ। यस खातामा आबद्ध हुने ग्राहकले औषधोपचार बिमाबापत एक लाख रुपैयाँ, दुर्घटना बिमाबापत १० लाख रुपैयाँ र प्राणघातक रोग बिमा बापत तीन लाख ७५ हजार रुपैयाँ दाबी गर्न पाउनेछन् । त्यसैगरी यस खातामा निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट, तथा मेरो सेयरको सुविधा पाउन सकिने नबिल बैंकले जनाएको छ ।

महिनामा ५ पटकसम्म अरू बैंकको एटिएमबाट पनि निःशुल्क पैसा झिक्न पाइने सुविधा यस खातामा रहेको छ। नबिल फोन लोनको सुविधा पनि यस खाताको विशेषता रहेको छ । साथै लक्करको सुविधा पनि रहेको यस खातामा लक्कर पहिलो वर्ष निःशुल्क रहेनछ भने दोस्रो वर्षबाट ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

७.४० प्रतिशतको उच्च ब्याजदर समेत रहेको नबिल ढुक्क बचत खाता खोल्नका लागी ग्राहक वर्गले न्यूनतम एक लाख अनिवार्य जम्मा गर्नुपर्नेछ । दैनिक रूपमा काममा आउने बैंक सेवा तथा सुविधामा विशेष छुट दिने गरी ल्याइएको यस ढुक्क बचत खाताले ग्राहक वर्गका आवश्यकता पुरा गर्ने बैंकको विश्वास छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  १० : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो