११ असार २०८३, बिहिबार । June 25, 2026

बालकृष्ण खाण, आरजु, दीपेश पुनमाथि पनि छानबिन हुनुपर्छ: महेश बस्नेत


२४ बैशाख २०८०, आइतबार  

3
Shares

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने संगठित ठगी प्रकरणको छानबिन निष्पक्ष हुनेमा शंका व्यक्त गरेका छन् ।

यो प्रकरणमा जोडिएका सबैमाथि छानबिन गर्नुपर्नेमा त्यसो नगरी भुरा माछामा मात्र केन्द्रित भएको उनको भनाइ छ । आइतबार पोखरामा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा कुरा गर्दै उनले यसमा जोडिएका कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण, उनकी पत्नी मञ्जु, कांग्रेस नेत्री आरजु राणा देउवा र पूर्वउपराष्ट्रपति पुत्र दीपेश पुनमाथि छानबिन हुनुपर्ने बताए । ‘यो प्रकरणका पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनकी पत्नी, पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुन, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा संलग्न देखिएका छन् ।

उनीहरूलाई छानबिनको दायरामा ल्याउनुपर्छ,’ उनले भने । शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्नुपर्ने पक्षमा एमाले रहेको उल्लेख गर्दै यसमा साथ दिन तयार रहेको बताए । पार्टीका नेता टोपबहादुर रायमाझी पनि कानुनी प्रक्रियाबाट बाहिर नरहेको उनले प्रष्ट पारे ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  १० : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर