३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सिमित हुने



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको अर्थतन्त्रको आकार झण्डै ५४ खर्ब पुग्ने भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको २०७९/८० को राष्ट्रिय लेखा विवरणअनुसार अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने भएको हो । चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशत मात्र कायम हुने अनुमान गरेको छ । सरकारले चालु आर्थिक वर्षका बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो ।

तर, मंगलबार तथ्यांक कार्यालयले आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो । उपभोक्ता मूल्यमा १ दशमलव ८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालको अनुमान छ । कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव रामप्रसाद थपलियाले आगामी दिनमा अन्तराष्ट्रिय मूल्य मान्यतालाई आत्मसाथ गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

उनले भने, ‘नेपाल सरकारलाई उपलव्ध आँकडा अनुसार वजेट तर्जुमा गर्नको लागि र समग्र आर्थिक क्रियाकलालप सञ्चालन गर्न मितव्ययिता र खर्चमा पनि बढोत्तरी गर्न आवश्यक छ ।’ यस्तै, तथ्यांक कार्यालयका प्रतिवेदनका अनुसार चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय वार्षिककक १ हजार ३ सय ९९ अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ १ लाख ८२ हजार ६ सय ८३ रुपैयाँ बराबर पुगेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ४ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं