२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

दुगडले एकै वर्षमा गर्यो २ अर्ब ३० करोड व्यापार


१९ बैशाख २०८०, मंगलबार  

15
Shares

काठमाडौं । नेपाली बजारमा सेन्चुरी ब्रान्डको मसला बिक्री गर्ने दुगड स्याइसेस एण्ड फुड प्रोडक्ट प्रालिले एकै वर्ष २ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ ।

मोतिलाल दुगड अध्यक्ष रहेको यस कम्पनीले सन् २०२२ मा २ अर्ब ३० करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले विभिन्न प्रकारका परम्परागत मसला, स्न्याक्स, नमकिन, अचार, फलफूलको जाम, जेलिस, चकलेट, ड्राई फ्रुट एण्ड नट्स, ब्रेकफास्ट सिरियल, सीटीसी चिया उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । वार्षिक १५ हजार ३० मेट्रिक टन वस्तु उत्पादन गर्दै आएको कम्पनीले जानकारी दिएको छ ।

साथै, कम्पनीले उक्त वस्तु नेपालमा मात्रै नभई विदेशमा पनि बिक्री वितरण गर्दै आएको छ । यस कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब रुपैयाँको रेटिङ गराएको छ । जसमा दीर्घकालीन कर्जाका लागि ५० करोड ५८ लाख रुपैयाँ अर्थात् डबल बी र अल्पकालीन कर्जाका लागि ४९ करोड ४१ लाख रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।

त्यस्तै कम्पनीले सन् २०२२ मा ६ करोड रुपैयाँ लाभांस वितरण गरेको छ भने ३।२५ प्रतिशत नाफा कमाएको छ । कम्पनीले स्न्याक्स, नमकिन, स्पाइसेस र अचार उत्पादनका विभिन्न प्रकारका कच्चा पदार्थ गहुँको पिठो, पाम तेल, पामोलिन, स्पाइसेस, प्याकेजिङजस्ता वस्तु स्वदेशीसँगै भारत, मलेसिया र इन्डोनेसियाबाट आयात गरी खपत गरिरहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ