८ बैशाख २०८२, सोमबार । April 21, 2025

अब नेपालमै बनेका सवारी साधन पनि दर्ता हुने



काठमाडौं । नेपालमै उत्पादन भएका सवारी साधनको कानूनी दर्ता समस्या समाधान हुने भएको छ ।

यातायात व्यवस्था विभागले स्वदेशमा बनेका सवारीको दर्ताका लागि यातायात व्यवस्थापन कार्यविधी निर्देशिका २०६० संसोधन गरेसँगै यो समस्याको समाधान हुने भएको हो । प्रधानमन्त्री कार्यालयमा सोमबार भएको छलफलपछि कार्यविधि संसोधन गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

“छलफलले स्वदेशमा नै बनेको सवारी दर्ता गर्नका लागि भन्सार प्रज्ञापनपत्र चाहिने व्यवस्था संसोधन गर्ने निर्णय गरेको थियो । सोही अनुरुप सोमबार नै हामीले कार्यविधि संसोधनको काम सकेका छौं,” उनले भने । संसोधित कार्यविधिको नियमावली एक हप्ताभित्र संसोधन भई मन्त्रिपरिषदबाट पारित हुने उनले बताए । संसोधित कार्यविधिमा अब नेपालमा नै बनेको सवारी दर्ता गर्नको लागि सम्बन्धित कम्पनीले सवारी उत्पादन तथा बिक्रीवापत अन्तशुल्क अथवा आन्तरिक राजस्व कार्यालयमा आन्तरिक राजस्व कार्यालयमा कर तिरे पुग्ने व्यवस्था गरिएको छ ।

विद्युतीय बाइक निर्माण कम्पनी यात्रीले बिक्री गरेको बाइक दर्ता नभइ नम्बर प्लेट नपाउने समस्या आएपछि नेपालमा नै बनेको सवारी दर्ताको विषयलाई लिएर धेरै आलोचना भएको थियो । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० ९संसोधन २०७४० मा सवारी दर्ताको भन्सार प्रज्ञापनपत्र र भन्सार महसुल अनिवार्य गरेको छ । यसले गर्दा विद्युतीय सवारी यात्री लगायत नेपालमा नै उत्पादन हुने र एसेम्बल हुने सवारी दर्ता गर्न समस्या भएको कुरा संसदमा पनि उठेको थियो ।

अब संसोधित कार्यविधि अनुसार १०० किलोवाटभन्दा बढी क्षमताका सवारी साधनको हकमा अन्तशुल्क तिर्नुपर्ने र त्यसभन्दा कम क्षमताका सवारीका लागि अन्तशुल्क तिर्नु पर्दैन । यात्रीका दुईओटा मोडलका बाइकमा भने १०० किलोवाट भन्दा कमको विद्युतीय मोटर जडान भएका कारण आन्तरिक राजस्व कार्यालयमा सम्बन्धित कर तिरेर सवारी दर्ता गराउन मिल्नेछ । विभागले अबको एक हप्ताभित्र नियमावली तयार गरि कार्यविधि कार्यान्वयनमा जाने बताएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  १ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

रविको बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण

कीर्तिमानी उचाइमा सुनः नेपाली बजारमा तोलाको १ लाख ९१ हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले सोमबार ऐतिहासिक कीर्तिमान कायम

विद्यालय शिक्षा ऐनको मागमा २० औं दिन पनि शिक्षकको शान्तिपूर्ण प्रदर्शन जारी

काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित आन्दोलनरत

कालीकोटको बुडाडाँडामा ट्र्याक्टर दुर्घटना: ४ जनाको निधन

कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–२ बुडाडाँडामा आइतबार राति एक ट्र्याक्टर

डलरदेखि दिनारसम्मः आजका लागि कति छ विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको