११ बैशाख २०८३, शुक्रबार । April 24, 2026

लुम्बिनी सरकारका लागि आज दावी पेश गरिदैँ


१४ बैशाख २०८०, बिहिबार  

3
Shares

दाङ । लुम्बिनी प्रदेशमा आज नयाँ सरकारका लागि दावी पेश गरिदैछ ।

मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसके पछि रिक्त हुन पुगेको लुम्बिनी सरकारको नेतृत्वका लागि आज दावी पेश गर्न लागेको हो । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा हस्ताक्षर सहितको स्पष्ट बहुमत देखिने आधारसहित वैशाख १४ गते बिहीवार ४ बजेभित्र दाबी पेश गर्न आह्वान गरेका छन् । प्रदेशप्रमुख शेरचनले मंगलवार जारी गरेको सो सुचना अनुसार आज राजनीतिक दलहरुले दावी पेश गर्न लागेका हुन् ।

नयाँ सरकारका लागि सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस दुवैले दावी गरेका छन् । तर, कस्को नेतृत्वमा सरकार गठन हुने हो रु त्यो भने अझै टुंगो लागेको छैनन । एक महिना अघि भने कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पुनः उपधारा २ बमोजिम नै सरकार गठन हुनुपर्ने दाबी पेश गरेका थिए ।

यद्दपी दुवै दलका नेताले सहमतिमा नै सरकार गठनका लागि दावी पेश गर्ने जनाउँदै आएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ७ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म