१३ बैशाख २०८२, शनिबार । April 26, 2025

नेपालमा दर्ता भयो गुगल



काठमाडौं । विश्व बजारको प्राविधिक दिग्गज कम्पनी ‘गुगल एलएलसी’ पनि नेपालको कर प्रणालीमा दर्ता भएको छ ।

गुगल चालु आर्थिक वर्ष २०७९/८० को विद्युतीय सेवा कर तिर्ने गरी आन्तरिक राजस्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयमा दर्ता भएको हो । विभागले जनाएअनुसार अब गुगलले नेपालमा उपलब्ध गराउने विभिन्न सेवा र उत्पादनको विद्युतीय सेवा करअनुसार नै कर तिर्ने गरी दर्ता भएको हो । सिङ्गापुरस्थित क्षेत्रीय कार्यालयका नाममा गुगल नेपालमा दर्ता भएको हो ।

सरकारले आर्थिक वर्ष २०७९/८० देखि गैर बासिन्दा व्यक्तिले पनि नेपालका उपभक्तलाई उपलब्ध गराइने विद्युतीय सेवा बापतको कारोबार मूल्यमा २ प्रतिशतका दरले कर तिर्नु पर्ने व्यवस्था लागू गरेको छ । गुगलले सोही अनुसार नेपालका उपभोक्तालाई सेवा प्रदान गरेर कमाएको कुल रकमको दुई प्रतिशत नेपालमा बुझाउनु पर्ने छ तर नेपालबाट गुगलले वार्षिक कति आम्दानी गर्छ भन्ने आधिकारिक तथ्याङ्क भने सरकारसँग छैन ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  १२ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कान्ति लोकपथ सडकमा १५ दिनसम्म ६ घण्टा सवारी आवागमन बन्द

मकवानपुर । हेटौंडाबाट ठिंगन हुँदै काठमाडौं जाने प्रमुख मार्गको ठिंगन–बगुवा

एनएसएल २०२५ः विजेतालाई ८० लाख पुरस्कार, उपविजेताले कति पाउँछ ?

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ को विजेताले ८०

शिक्षक-सरकार वार्ता भाँडियो ! परिस्थिति थप जटिल बन्ने संकेत

काठमाडौं । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले शिक्षा मन्त्रालयसँग वार्ता

स्वास्थ्यका लागि दौड: खस्यौली म्याराथन २०८२

बुटवल । स्वास्थ्यको लागि दौड भन्ने नारासहित खस्यौली लायन्स म्याराथन

शिक्षक आन्दोलनः २४ दिनपछि खुल्यो संवादको ढोका ! होला त सहमति ?

काठमाडौं । शिक्षकहरूको आन्दोलन २४ दिन नाघिसकेको छ र यसै