७ चैत्र २०८२, शनिबार । March 22, 2026

भाइरल गीत ‘हैजिरा फूल्याको छैक्या’ सार्वजनिक हुने

टुक्कामात्रै सुन्न पाएका स्रोताले अब पुरा गीत हेर्न र सुन्न पाउने


३० फाल्गुन २०७९, मंगलबार  

192
Shares

काठमाडौं । केही समय अघि टिकटकमा निकै भाइरल भएको गीत ‘हैजिरा फूल्याको छैक्या’ सार्वजनिक हुने भएको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किराँतीले राष्ट्रिय नाचघर जमलमा शुक्रबार साँझ यो गीत सार्वजनिक गर्नेछन् । हैजिरा फैल्याको छैक्या बोलको गीतका टुक्काहरु केही समय अघि टिकटकमा निकै भाइरल भएका थिए । तर, यो गीतका टुक्कामात्रै सुन्न पाएका स्रोताले अब पुरा गीत हेर्न र सुन्न पाउने भएका हुन् ।

सुदूरपश्चिमको कलासंस्कृति र पर्यटन प्रवर्द्धनका लागि ’हैजिरा फूल्याको छैक्या’ बोलको देउडा गीत बनेको हो । यो गीतमा सुदुरपश्चिम प्रदेशका ९ ओटै जिल्लालाई समावेश गरिएको छ र त्यसबारे जानकारी दिइएको छ । यस देउडा गीतले सुदूरपश्चिमको कलासंस्कृतिलाई समेत उजागर गरेको छ ।

गीतमा कैलाली र बर्दियाको सीमानाका रुपमा रहेको कर्णाली पुललाई विशेष प्रथमिकता दिइएको छ । यो गीतका रचनाकार चिसापानी एड्भेन्चर रिर्सोटका सञ्चालक तपेन्द्र रावल हुन् भने चर्चित देउडा गायक चक्र बम, रेखा जोशीले यसमा स्वर दिएका छन् । साथै चर्चित बाल गायीका पुजा देवकोटा र रचनाकार तपेन्द्र रावलको समेत स्वर यस गीतमा रहेको छ ।

करीब दुईवर्ष अघिनै रेर्कड गरिएको यस गीतको म्युजिक भिडियोको छायाँकनको काम भर्खरै सम्पन्न भएको छ । दुरपचिमको प्रदेशको प्रवेशद्वार चिसापानी कर्णाली पुल, कैलालीको घोडाघोडी ताल, त्रिवेणी धाम, कञ्चनपुरको वेदकोट ताल, अछामको रामारोसन, पञ्चदेवल, डडेलधुराको उग्रतारा मन्दिर र सुदूरपश्चिमको भु–स्वर्ग मानिने खप्तड क्षेत्र लगाएत सुदूरका नौ वटा नै जिल्लाका प्रमुख पर्यटकीय स्थलहरुसहित भारतको मुम्बईंमा गीतको म्युजिक भिडियो छायाँकन गरिएको छ । रचनाकार एवं गायक तपेन्द्र रावलको नै निर्देशनमा यस गीतको छायाँकन गरिएको हो ।

रावलको समेत अभिनय रहेको यस गीतमा अनु खड्का, रस्मी कुँवर, शीखा मल्ल लगाएतका कलाकारको नृत्य रहेको छ । कोरोना कहरका कारण समग्र पर्यटन क्षेत्रमा देखिएको मन्दीले सुदूरको पर्यटन व्यवसायलाई समेत नराम्ररी थलापारेकाले त्यहाँको पर्यटन प्रवर्द्धनका लागि गीत तयार पारीएको रचनाकार रावलको भनाई छ । सुदूरपश्चिमको मौलिक भाषामा बनको यो गीतबाट उठेको रकमले विदेशी पर्यटकको समेत मन जित्न निकट भविष्यमा चिसापानी कर्णालीमा चारैतिर मुखाकृति भएको गौतमबुद्धको शालीक समेत स्थापना गर्ने योजना छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  २ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो