६ आश्विन २०८३, मंगलबार । September 23, 2026

शिक्षा ऐन जारी गर्न गृहकार्य भइरहेको छः प्रधानमन्त्री


२९ फाल्गुन २०७९, सोमबार  

6
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय शिक्षा ऐन जारी गर्न सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् ।

सोमबार हीरक जयन्तीको अवसरमा काठमाडौंको पद्मोदय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संघीय शिक्षा ऐन जारी गर्न गृहकार्य भइरहेको बताएका हुन् । ‘वर्तमान सरकार यथाशीघ्र संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य गरिरहेको छ । उक्त ऐन पारित गरी शिक्षा क्षेत्रमा विद्यमान समस्याहरूको प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको व्यहोरासमेत म यहाँहरूलाई अवगत गराउँछु,’ उनले भने ।

सरकारी र निजी क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा निकै भिन्नता रहेको उनको भनाई थियो । उनले सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रूपमा विकास गर्न शैक्षिक गुरुयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने ऐतिहासिक दायित्व रहेको बताए । शैक्षिक पाठ्यक्रमको पुनरवलोकन गरी शिक्षालाई जीवनोपयोगी, आधुनिक विज्ञान, प्रविधि र व्यावसायिक बनाउन वर्तमान बदलिएको राजनीति र सामाजिक व्यवस्थाअनुरूपका पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक रहेको उनले बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  १२ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा