काठमाडौं । देशभरका १८ वटा क्याम्पसमा नेकपा माओवादी निकट अखिल क्रान्तिकारी निर्बिरोध निर्वाचित भएको छ ।
शनिवार साँझसम्म भएको उम्मेदवारी दर्ताको क्रममा १८ वटा क्याम्पसको नेतृत्व स्ववियू सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध निर्वाचित भएको नेता दिपेश पुनले जानकारी दिए । जसअनुसार जुम्लाको सिन्जा बहुमुखी क्याम्पसमा सन्तोष आचार्य सभापतिमा निर्विरोध निर्वाचित भएका छन् भने स्यार्पु बहुमुखी क्याम्पस रुकम पश्चिममा किरण विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, सुनकोसी क्याम्पस, सिन्धुलीमा विनिता न्यौपाने निर्विरोध भएका छन् ।
कहाँ–को निर्वाचितः
- सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्लामा सन्तोष आचार्य
- स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिममा किरण विश्वकर्मा
- सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिममा वीरभान भण्डारी
- सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिममा निराजन केसी
- चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगुमा मनसुर कार्की
- बन्गाड क्याम्पस, सल्यानमा अजय बिष्ट
- फारुलला बहुमुखी क्याम्पस दार्मा, सल्यानमा वरुण न्यौपाने
- लिकु संयुक्त क्याम्पस, डोल्पामा रनचन्द्र शाही
- जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पसमा जागेश्वर थापा
- गुराँस बहुमुखी क्याम्पस, बर्दियामा सन्जोग श्रेष्ठ
- ११।चन्द्रकोट बहुमुखि क्याम्पस चन्द्रकोट, गुल्मीमा प्रभा पौडेल
- मरिण बहुमुखी क्याम्पस, सिन्धुलीमा विज्ञान दोर्जे बल
- सुनकोसी क्याम्पस, सिन्धुलीमा विनिता न्यौपाने
- शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुलीमा गोविन्द पहाडी
- गोरखा क्याम्पस, गोरखामा विष्णु पाण्डे
- कंकलिङ क्याम्पस, सिन्धुपाल्चोकमा लक्ष्मण घिसिङ
- चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोकमा अमृत श्रेष्ठ
- नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङमा सीता तिमल्सिना
प्रतिक्रिया