११ बैशाख २०८३, शुक्रबार । April 25, 2026

२३ ओटा दुईपाङग्रे सवारी साधन सम्बन्धीत धनीलाई हस्तान्तरण


२५ फाल्गुन २०७९, बिहिबार  

6
Shares

काठमाडौं । विभिन्न मितिमा हराएका २३ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज धनीलाई हस्तान्तरण गरेको छ ।

रामशाहपथ स्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज एक कार्यक्रम गरी २० ओटा मोटरसाइकल र ३ ओटा स्कुटर धनीलाई बुझाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अबि नारायण काफ्लेले बताए । यस आर्थिक वर्षको सुरुवात देखी हाल सम्म सवारी साधन हराएको भनि ११६२ ओटा निवेदन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका थिए । प्राप्त निवेदनको आधारमा खोजी गर्दा फेला परेका ३५३ ओटा सवारी साधन माथी ट्राफिक प्रहरीले अनुसन्धान गरेको थियो ।

जस मध्ये आजको २३ ओटा सहित ३२८ ओटा दुईपाङ्ग्रे सवारी साधनलाई ट्राफिक प्रहरीले धनिको जिम्मा लगाई सकेको छ । यसै फागुन महिनामा ट्राफिक प्रहरीले विभिन्न स्थानमा खोजी गर्दा फेला परेका चोरीको २४ ओटा मोटरसाईकल सहित नियन्त्रणमा लिएका २६ जनालाई पनि आवश्यक कारबाहीको लागि सम्बन्धित प्रहरी कार्यालयहरुमा बुझाइएको छ । अन्य हराइ फेला पर्न बाँकी रहेका सवारी साधनको हकमा समेत काठमडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले तदारुकताका साथ अनुसन्धान तथा खोजतलास गरिरहेको छ ।

यस्तै यहि आर्थिक वर्षमै धनी नखुलेका ९५ ओटा दुई पाङ्गे सवारी साधनलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धानको लागी यातायात व्यवस्था कार्यालय र भन्सार कार्यालयमा बुझाईएको छ । जसमध्ये असोज महिनामा ३६, पुसमा ४०, माघमा १४ र फागुनमा ५ ओटा सवारी साधन बुझाइएको हो । सवारी साधन चोरी तथा हराउनबाट जोगाउन सम्बन्धित धनि स्वंयमले पनि आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगाएत सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्नको लागी पनि ट्राफिक प्रहरीका प्रहरी उपरीक्षक काफ्लेले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  १ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्