२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

टिकटकमै देख्न पाइन्छ नेपाली चलचित्रका दृश्य



काठमाडौं । गीतसङ्गीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ ।

भिडिओ सेयरिङ प्लेटफर्म टिकटकमार्फत गीत–सङ्गीतको प्रचारप्रसार हुने भएकाले सर्जक यसतर्फ जोडिएका छन् । प्रचारप्रसारमा सहयोगी देखिएको टिकटकमा हिजोआज चलचित्रका दृश्य पनि देख्न पाइन्छ । ससाना क्लिप आउँदा प्रचारप्रसार भएको मान्ने चलचित्रकर्मी केही समययता महत्वपूर्ण दृश्यसमेत भेटिँदा भने चिन्तित भइरहेका छन् ।

क्लिप खण्डखण्ड गरेर टिकटकमा आउँदा चलचित्र नै पाइरेसी भइरहेको छ । दर्शकले रुचाएको चलचित्रको दृश्य बढी लोकप्रिय हुने भएकाले टिकटकमा राख्ने गरिन्छ । ‘ए मेरो हजुर–४’, ‘कबड्डी–४’, ‘झिँगेदाउ’, ‘प्रेम गीत–३’ पश्चात् यो समस्या ‘छक्का पञ्जा–४’ मा पनि देखिएको छ ।

गत शुक्रबारदेखि प्रदर्शन भएको चलचित्रको दृश्य टिकटकमै भेटिएपछि निर्माण पक्षले त्यस्तो नगर्न आग्रह गरेका छन् । राम्रो व्यापार गरिरहेको चलचित्रको प्रतिक्रिया लिन चलचित्र घर पुग्नुभएका अभिनेता केदार घिमिरेले यस्ता दृश्य मोबाइलमा नखिच्न आग्रह गरे । “नजानेर वा रमाइलोका लागि खिचिएको दृश्यले हामीलाई नोक्सान पुर्‍याएको छ । त्यो अपराध हो । तपाई र आफ्नो परिवारलाई चलचित्र खिचेर टिकटक लगायत सामाजिक सञ्जालमा हाल्न हुँदैन भन्दिनुस् । यो सन्देश सबैकहाँ पुर्‍याइदिनुस्”, उनले भने ।

अभिनेता घिमिरेसँगै रहनुभएका कलाकार दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले समेत टिकटकमा आइरहेको भिडियोका ससाना दृश्यले अप्ठ्यारो पारिरहेको गुनासो गरे । अभिनेता अनमोल केसीको अभिनय रहेको ‘२.० छड्के’ कोसमेत दृश्य टिकटकमा भाइरल भएका छन् । भिसिडी, पेनड्राइभ र युट्युबभन्दा घातक टिकटकको पाइरेसी देखिएको निर्देशक ज्ञानेन्द्र देउजाले बताए ।

“ससानो क्लिप आउँदा प्रचारप्रसार नै भएको देखिन्छ तर खण्डखण्ड गरेर हाल्दा सम्पूर्ण चलचित्र नै पाइरेसी भइरहेको छ । हामीले यस विषयमा नसोच्ने हो भने भोली यो क्रम झनै बढ्नेछ”, उनले भने । नेपाल चलचित्र सङ्घले चलचित्रघरमै सूचना टाँसेर भिडियो नखिच्न अनुरोध गरिरहेको महासचिव नरेन्द्र महर्जनले बताए । “हलमा आउनुहुने दर्शकलाई भिडिओ नखिच्न आग्रह पनि गरिरहेका छौँ ।

हाम्रो कर्मचारीले बेलाबखतमा गएर मोबाइल निकाल्ने दर्शकलाई आग्रह पनि गर्नुहुन्छ”, उनले भने, कोरोना भाइरसको महामारीपश्चात प्रदर्शनमा आएको भारतीय चलचित्र ‘पुष्पा’ को अधिकांश दृश्य टिकटकमा लोकप्रिय भएपछि भिडिओ क्लिप बनाउने क्रम बढेको हो ।” भारतीय चलचित्र ‘आरआरआर’ र ‘केजीएफः च्याप्टर–२’ को टिकटकमा भेटिएको दृश्य जोड्ने हो भने लगभग चलचित्र नै बन्छ । विदेशी मात्र होइन, स्वदेशी चलचित्र ‘ए मेरो हजुर–४’, ‘कबड्डी–४’ को पनि अन्तिम दृश्य टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल हुँदा निर्माता तथा निर्देशकमा चिन्ता बढेको थियो ।

पछिल्लो समय सामाजिक सञ्जालका माध्यममा आफ्नो गतिविधिबारे जानकारी दिने प्रचलन बढ्दो भएकाले नै समस्या बढिरहेको छ । आफ्ना गतिविधिलाई सोसल मिडियामैत्री बनाएकै कारणले लोकप्रियतासँगै समस्या पनि सिर्जना भएको चलचित्र निर्माता तथा निर्देशकको भनाइ थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ५ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको