२३ बैशाख २०८२, मंगलबार । May 6, 2025

आन्तरिक एकता सुदृढ गर्न सरकार प्रतिबद्धः प्रधानमन्त्री दाहाल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको वर्तमान सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

नेपालीहरूको राष्ट्रिय पर्व ग्याल्बो ल्होसारको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका शेर्पा समुदायलगायत आम नेपाली जनसमुदायमा सुख, शान्ति, राष्ट्रिय एकता, सहकार्य एवं समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै विविधतामा एकतासहित सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको पहिचान र अधिकारलाई संरक्षण र प्रवर्द्धन गरेर मात्र राष्ट्रिय एकता सुदृढ गर्न सकिनेसमेत प्रधानमन्त्री दाहालले जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण विश्वकै एक स्वाधीन र सुन्दर मुलुक रहेको र देशभित्रका सबै भाषा, कला, संस्कृति, सभ्यता र ऐतिहासिकता साझा राष्ट्रिय सम्पत्ति भएको उल्लेख गर्दै तिनीहरूको रक्षा र प्रवर्द्धन गर्नु हामी सबैको साझा जिम्मेवारीसमेत रहेको बताएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ८ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्से सूचकमा हल्का सुधार, हाइड्रोपावरको दबदबा कायम

काठमाडौं । मंगलबारको सेयर बजार कारोबार सामान्य उकालो लागेर सकिएको

त्रियुगा नदीमा आएको बाढीमा यात्रुवाहक बस बग्यो, चालक–सहचालक सकुशल

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित सिवाई–बेल्हा गाउँको बीचबाट बग्ने

कमला नदीमा बाढीः अस्थायी पुल बगायो, हुलाकी राजमार्ग अवरुद्ध

जनकपुरधाम । लगातारको वर्षाका कारण सिरहा र धनुषा जोड्ने कमला

सांसद वाग्लेको कटाक्षः ‘७ बुँदे सहमति मजाक बनेको छ, कमेडी कार्यक्रम झैँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम

विष्णुमती करिडोरको कंकेश्वरी क्षेत्र जलमग्न, सवारी आवागमन प्रभावित

काठमाडौं । काठमाडौं महानगरपालिका–१९ अन्तर्गत पर्ने विष्णुमती करिडोरको कंकेश्वरी क्षेत्रमा