२७ बैशाख २०८२, शनिबार । May 10, 2025

नागरिक उड्डयन प्राधिकरणले रोक्यो गुणको उडान



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सको सबै उडानमा रोक लगाएको छ ।

कर्मचारीलाई समयमा तलब दिन नसकेको बताउँदै प्राधिकरणले उडान बन्द गराएको प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार क्याबिन क्रुलाई तलब दिन नसक्दा उडानमा पनि प्रत्यक्ष असर पर्ने हुँदा उडान सुरक्षालाई मध्यनजर गर्दै सेवा बन्द गराइएको हो । ‘संस्थामा अहिले आर्थिक समस्या छ भन्ने हाम्रो जानकारीमा आएपछि बुझ्दै जाँदा हवाइ सेवामा प्रत्यक्ष संलग्न कर्मचारीलाई पनि तलब नदिएको पाइयो,’ उनले भने, ‘यसरी हवाइ सेवाकै कर्मचारी भोको पेटमा रहेपछि उडान सुरक्षामा हुन सक्ने जोखिमलाई मध्यनजर गरेर हामीले बन्द गर्न पत्र पठाएका हौं ।’

उनका अनुसार अब अर्को सूचना जारी नभएसम्मका लागि गुणको सेवा बन्द रहनेछ । सिम्रिक एयरलाइन्सका विमान खरिद गरेर गुणले सेवा दिँदै आएको थियो । प्राधिकरणले सोमबार पत्र लेखेसँगै अब गुणका सातवटै जहाजका सेवा बन्द भएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ५ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप