२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

नागरिक उड्डयन प्राधिकरणले रोक्यो गुणको उडान


८ फाल्गुन २०७९, सोमबार  

6
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सको सबै उडानमा रोक लगाएको छ ।

कर्मचारीलाई समयमा तलब दिन नसकेको बताउँदै प्राधिकरणले उडान बन्द गराएको प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार क्याबिन क्रुलाई तलब दिन नसक्दा उडानमा पनि प्रत्यक्ष असर पर्ने हुँदा उडान सुरक्षालाई मध्यनजर गर्दै सेवा बन्द गराइएको हो । ‘संस्थामा अहिले आर्थिक समस्या छ भन्ने हाम्रो जानकारीमा आएपछि बुझ्दै जाँदा हवाइ सेवामा प्रत्यक्ष संलग्न कर्मचारीलाई पनि तलब नदिएको पाइयो,’ उनले भने, ‘यसरी हवाइ सेवाकै कर्मचारी भोको पेटमा रहेपछि उडान सुरक्षामा हुन सक्ने जोखिमलाई मध्यनजर गरेर हामीले बन्द गर्न पत्र पठाएका हौं ।’

उनका अनुसार अब अर्को सूचना जारी नभएसम्मका लागि गुणको सेवा बन्द रहनेछ । सिम्रिक एयरलाइन्सका विमान खरिद गरेर गुणले सेवा दिँदै आएको थियो । प्राधिकरणले सोमबार पत्र लेखेसँगै अब गुणका सातवटै जहाजका सेवा बन्द भएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ५ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ