५ आश्विन २०८३, सोमबार । September 21, 2026

प्रधानमन्त्रीसँग विष्णु र रविको छुट्टाछुट्टै भेटवार्ता


८ फाल्गुन २०७९, सोमबार  

15
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज बिहानै बालुवाटार पुगेका छन् ।

सोमबार बिहान फरक फरक समयमा उनीहरू प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् । आइतबार बेलुकीमात्रै नेपाली कांग्रेसका सभापति सहित पदाधिकारीको टोलीले प्रधानमन्त्री प्रचण्डसँग भेट गरी राष्ट्रपतिमा सघाउन आग्रह गरेका थिए । राष्ट्रपति निर्वाचनको मिति तय भएसँगै कांग्रेसले पाँच दलीय गठबन्धन ब्युँताउने कसरत गरिरहको छ ।

एमालेसहितको सरकार गठन भएपछि प्रमुख प्रतिपक्षमा रहेको कांग्रेसले सरकारलाई विश्वासको मत दिएर राष्ट्रपति आफुले पाउनुपर्ने बताउँदै आएको छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न पार्टीको बैठक बस्नु अघि आइतबार साँझ कांग्रेस नेताहरुसँग छलफल गरेका थिए । छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापालगायत बलुवाटार पुगेका थिए ।

त्यसलगत्तै पौडेल र लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेको प्रधानमन्त्री सचिवालय स्रोतले जानकारी दिए । छलफलबारे बालुवाटारले कुनै कुरा सार्वजनिक गरेको छैन । माओवादीको पदाधिकारी बैठक आज बस्दै छ ।

अपरान्ह ४ बजे बस्ने बैठकमा कांग्रेसबाट आएको प्रस्तावबारे छलफल गर्ने बताइएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा