२८ बैशाख २०८२, आइतबार । May 11, 2025

बिहिबार नेप्से परिसूचक झिनो अङ्कको गिरावट



काठमाडौं । बिहिबार शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलब ३८ अङ्कले ओरालो लागेर एक हजार आठ सय ४४ दशमलब १४ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०९ अङ्कले उकालो लागेर ३६३.०५ पुगेको छ ।

कूल दुई सय २१ कम्पनीको १५ लाख ४६ हजार आठ सय ५७ कित्ता शेयर ५० करोड ७६ लाख ८९ हजार पाँच सय ६१ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा झिनो अङ्कको वृद्धि भएको छ ।

यस्तै, १० उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ । कारोबारका आधारमा अभियान लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको तीन करोड ६९ लाख ५२ हजार नौ सय एक बराबरको कारोबार भयो । गरिमा विकास बैंक दुई करोड ६७ लाख ५४ हजार तीन सय १६, एभरेष्ट बैंक दुई करोड ४९ लाख चार हजार सात सय ५३, नबिल बैंक दुई करोड ३७ लाख ८८ हजार दुई सय ७१ र एनआइसी एशिया बैंकको एक करोड ३३ लाख ८८ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार सयपत्री हाइड्रोपावर ९.९७, बिन्दवासिनी हाइड्रोपावर ४.३७, विशाल बजार कम्पनी ४.०४, नारायणी डेभलपमेन्ट बैंक ३.४० र रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले २.७० प्रतिशतले कमाएका छन् । त्यस्तै, सेञ्चुरी बैंकको ऋणपत्र ७.७३, सामुदायिक लघुवित्त ७.६७, अभियान लघुवित्त ६.५९, हिमालयन पावर पाटर्नर ५.६१ र अप्पर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले ५.५६ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ४ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सस्तियो सुनको मूल्य, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ

ट्रक पल्टिँदा अवरूद्ध नारायणघाट-मुग्लिन सडक खुल्यो

चितवन । नारायणघाट(मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा ट्रक अनियन्त्रित

यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पश्चिमी र स्थानीय वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुसँगै अरब सागरबाट

भारत–पाकिस्तान युद्धविरामः जम्मू-कश्मिर क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । भारत र पाकिस्तानबीच हालैको सैन्य तनाव शान्तिपूर्ण दिशातर्फ