२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

नवौ राष्ट्रिय खेलकुद

पूरुष भलिबलमा एपिएफलाई स्वर्ण


३ कार्तिक २०७९, बिहिबार  

0
Shares

कास्की । पोखरामा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलको स्वर्ण विभागीय टोली एपिएफ क्लवले जितेको छ ।

पोखरा रंगशालाको कोर्टमा बिहीवार सम्पन्न फाइनल खेलमा एपिएफले अर्को विभागीय प्रतिद्वन्द्वी त्रिभूवन आर्मी क्लवलाई हराउँदै स्वर्ण पदक जितेको हो । पराजित आर्मीले रजत पदकमा चित्त बुझायो ।प्रतिष्पर्धात्मक हुने अनुमान गरिएको खेलमा एपिएफले आर्मीबिरुद्ध ३–० को सोझो सेटमा जित निकालेको हो ।

यद्यपि खेल साँघुरो अन्तरको स्कोरमा सकिएको थियो । एपिएफले पहिलो सेट २५–२१ ले पक्षमा पार्न सफल भएको थियो । दोस्रो सेट आर्मी खेलमा फर्किनका लागि निकै प्रयास गरेपनि सफल हुन सकेन । २७–२५ ले पक्षमा पार्दै दोस्रो सेट पनि एपिएफले पोल्टामा पारेको थियो । दुई सेट जितिसकेको एपिएफले तेस्रो सेटमा पनि आर्मीलाई दबाबमा राख्यो । खेलमा फर्किन कोशिस गरेको आर्मीले २४–२६ को स्कोरमा सेट सुम्पिएसँगै स्वर्ण पदक पनि गुमाउन पुग्यो ।

यस्तै बिहीवार नै कास्य पदकका लागि भएको प्रतिष्पर्धामा आयोजक गण्डकी प्रदेश अर्को विभागीय टोली नेपाल पुलिस क्लवसँग स्तब्ध हुन पुग्यो । पुलिसले गण्डकी प्रदेशमाथि ३–० को सहज जित निकाल्न सफल भएको थियो । पहिलो सेटमा २६–२४ को कठिन जित निकालेको पुलिसले दोस्रो सेटमा २५–१४ र तेस्रो सेटमा २५–१८ को स्कोर निकाल्न सपफल भएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ३ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ