२८ चैत्र २०८१, शुक्रबार । April 11, 2025

नवौ राष्ट्रिय खेलकुद

पूरुष भलिबलमा एपिएफलाई स्वर्ण



कास्की । पोखरामा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलको स्वर्ण विभागीय टोली एपिएफ क्लवले जितेको छ ।

पोखरा रंगशालाको कोर्टमा बिहीवार सम्पन्न फाइनल खेलमा एपिएफले अर्को विभागीय प्रतिद्वन्द्वी त्रिभूवन आर्मी क्लवलाई हराउँदै स्वर्ण पदक जितेको हो । पराजित आर्मीले रजत पदकमा चित्त बुझायो ।प्रतिष्पर्धात्मक हुने अनुमान गरिएको खेलमा एपिएफले आर्मीबिरुद्ध ३–० को सोझो सेटमा जित निकालेको हो ।

यद्यपि खेल साँघुरो अन्तरको स्कोरमा सकिएको थियो । एपिएफले पहिलो सेट २५–२१ ले पक्षमा पार्न सफल भएको थियो । दोस्रो सेट आर्मी खेलमा फर्किनका लागि निकै प्रयास गरेपनि सफल हुन सकेन । २७–२५ ले पक्षमा पार्दै दोस्रो सेट पनि एपिएफले पोल्टामा पारेको थियो । दुई सेट जितिसकेको एपिएफले तेस्रो सेटमा पनि आर्मीलाई दबाबमा राख्यो । खेलमा फर्किन कोशिस गरेको आर्मीले २४–२६ को स्कोरमा सेट सुम्पिएसँगै स्वर्ण पदक पनि गुमाउन पुग्यो ।

यस्तै बिहीवार नै कास्य पदकका लागि भएको प्रतिष्पर्धामा आयोजक गण्डकी प्रदेश अर्को विभागीय टोली नेपाल पुलिस क्लवसँग स्तब्ध हुन पुग्यो । पुलिसले गण्डकी प्रदेशमाथि ३–० को सहज जित निकाल्न सफल भएको थियो । पहिलो सेटमा २६–२४ को कठिन जित निकालेको पुलिसले दोस्रो सेटमा २५–१४ र तेस्रो सेटमा २५–१८ को स्कोर निकाल्न सपफल भएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ३ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दुर्गा प्रसाईं हत्कडीसहित चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं

काठमाडौं । राजावादी आन्दोलनमा संलग्न रही चैत १५ गते काठमाडौंको

अल्फाबेट मन्टेश्वरीको प्रथम अभिभावक दिवस तथा ग्र्याजुएसन कार्यक्रम सम्पन्न

काठमाडौं । तारकेश्वर नगरपालिका–६ पैँयाटारमा रहेको अल्फाबेट मन्टेश्वरीले प्रथम अभिभावक

सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड, प्रतितोला १ लाख ८५ हजार

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य ऐतिहासिक उचाइमा

सुनको मूल्यमा ऐतिहासिक उछाल, चाँदीले पनि तोड्यो पुरानो रेकर्ड

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउले नयाँ रेकर्ड बनाएको

नेपाल प्रहरीको नियन्त्रणमा दुर्गा प्रसाईं, भद्रपुरबाट काठमाडौं ल्याउने तयारी

काठमाडौँ । दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट आधिकारिक