१० बैशाख २०८२, बुधबार । April 24, 2025

सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । साताको चौथो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार प्रतितोला दुई सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख चार हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख चार हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ। बुधबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ११ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विचारहरूको आँधीमा उभिएको पाठक: शेषराज भट्टराई

शिक्षा, नेतृत्व र निरन्तर सिकाइप्रतिको आकर्षण शेषराज भट्टराईको परिचयजस्तै भइसकेको

तीनकुने घटनाः थप १३ जनालाई प्रहरीले छाड्यो

काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनसँग सम्बन्धित घटनामा संलग्न भन्दै

सेयर बजारमा पहिरो झर्नेक्रम जारी ! ३२ अंकले घट्यो नेप्से

काठमाडौं । नेपाली सेयर बजारमा गिरावटको क्रम बुधबार पनि जारी

एसियन कप अघिको अग्निपरिक्षा ! हङकङसँग भिड्दै नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आगामी जुन ५

सरकारकोे नीति तथा कार्यक्रम वैशाख १९ गते पेस हुने

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९