११ असार २०८३, बिहिबार । June 26, 2026

राप्रविसं मेरो विकल्प छैनः अध्यक्षका उम्मेदवार बम


२३ माघ २०७९, सोमबार  

6
Shares

काठमाडौं । राप्रपा निकट राप्रविसंको काठमाडौंमा हुन लागेको राष्ट्रिय सम्मेलन माग २७ देखि काठमाडौँमा हुने भएको छ ।

बिगतमा पार्टी टुटफुटका कारणले विद्यार्थी संगठनले एकता पाउन सकेको थिएन,वर्तमान अवस्थामा पार्टीमा एकल नेतृत्व,सिद्धान्तमा पार्टी अगाडि बढीकोले विद्यार्थी संगठनले मुर्तरुप पाए लगत्तै राष्ट्रिय सम्मेलन हुन थालेको सम्मेलनको माहौल तातिरहेको छ। राप्रविसंको अवस्था खस्केको र पार्टी लोकप्रियता बढेको वर्तमान अवस्थामा संगठन हाँक्नका लागि मैले आकांक्षा राखेको हौं । वर्तमान परिवेशमा कर्तव्य भन्दा बाहिर गएको नेपालको विद्यार्थी राजनीति र आन्दोलनलाई ट्रयाकमा ल्याएर विद्यार्थी राजनीति र आन्दोलन विद्यार्थीका हकहित र शैक्षिक क्षेत्रको सुधारका लागि नेपालको राष्ट्रिय राजनीतिमा विद्यार्थी राजनीति र आन्दोलनलाई स्थापित गर्नका निमित्त र नेपालको शैक्षिक क्षेत्रको सुधार शैक्षिक मुद्दामा वकालत गर्न सक्ने एउटा बलियो विद्यार्थी संगठनको रुपमा राप्रविसं लाई स्थापित गर्नका लागि यसपटक मेरो उम्मेदवार रहेको बताउन्छन।

बम भन्छन मेरो रहरका लागि होइन, समस्याको समाधान गर्नका लागि हो। अध्यक्षका अरु कुनै ब्यक्ती आकाङ्क्षित भएपनी बम बलियो देखिएका छन् । उनले गाउँ स्तर देखि केन्द्रसम्म संगठानिक क्षेत्रको नेतृत्व र विद्यार्थी संगठनमा लामो अनुभव मात्र होइन नेतृत्व गर्नसक्ने क्षमता रहेका बमको राम्रो अनुभव रहेको अन्य विद्यार्थी नेता र पार्टीका नेतृत्वको भनाइ रहेको छ।

राप्रपाको कोखबाट जन्मिएका बम २०६६ सालमा राप्रविसंको केन्द्रीय सदस्य हुदै उपाध्यक्ष हुँदै काम गर्दै आएका छन। बम संगठनको केन्द्रिय सदस्य भएपछि आफ्नो गृह जिल्ला कालिकोटमा संगठन बिस्तारमा प्रभावकारी भुमिका खेलेकै कारण २०७३ मा भएको स्ववियु निर्वाचनमा जिल्लाको सदरमुकाम मा रहेको कर्णाली बहुमुखी क्याम्पसमा संगठनबाट कोषाध्यक्ष र सदस्य जिताउन सफल भएका बम २०७४ र २०७९ सालमा भएको स्थानीय निर्वाचनमा गाउँ पालिकाको अध्यक्ष पदमा चुनाव समेत लडिसकेका हुन यतिखेर बमलाई विद्यार्थीको साथ मात्र छैन,संगठन र पार्टीमा प्रतिबद्ध भएकै कारणले पार्टीका शीर्ष नेताहरुको पनि साथ सहयोग रहेको बुझिएको छ । सवैसंग मिलनसार, सांगठनिक व्यक्ति भएकोले पार्टीले पनि बमको नेतृत्वमा राप्रविसं नयाँ नेतृत्वमा बमलाई नै चयन गर्नुपर्ने बताएका छन् ।

बम पार्टी भित्रका संगठानिक काममा मात्र अब्बल छैनन् उनी बाहिरीय समस्यालाई पनि सरल ढङ्गबाट समाधान गर्न सक्ने अब्बल क्षमता बोकेका छन। “स्ववियु निर्वाचन पनि नजिक आइरहेको। राप्रविसंलाई स्ववियु निर्वाचनमा पनि बलियो रुपमा स्थापित गर्न संगठन बनाउन आवश्यक रहेको छ,” राप्रविसंका एक पूर्व अध्यक्ष ले “१४ बर्ष पछि हुन थालेको स्ववियु निर्वाचनको कमाण्ड बमले नै गर्न सक्दछन। बम नेतृत्व गर्न सक्ने एक अनुभवी विद्यार्थी नेता भएकाले आगामी दिनमा कुनैपनी रुपमा संगठनको हितका निमित्त काम गर्न सक्ने प्रसस्त आधार भएकाले बमलाई अध्यक्ष बनाउनु पर्दछ ।” यहि चैत ५ गते देशभरि स्ववियु निर्वाचनको मिति घोषणा गरिएको छ ।

स्ववियु निर्वाचन र संगठन हाक्ने सक्ने नेताका रुपमा चिनिएका बम अध्यक्षमा बलिया दावेदारका रुपमा रहेका छन् । विद्यार्थी नेता निराजन बम भन्छन् आफूअध्यक्षमा निर्वाचित भए सवैलाई मिलाएर लैजाने बताए । “देशभरिबाट मेरो पक्षका धेरै प्रतिनिधि छनौट भइरहेका छन् । त्यसैले मैले पक्षमा माहौल बनिरहेको छ।

राप्रविसंमा मेरा विकल्प छैन,” उनले भने, “सहमति हुँदा पनि मेरो नाममा सहमति हुन्छ ।”

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ६ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर