५ पुस २०८२, शनिबार । December 20, 2025

झन्डै ३ अर्ब रुपैयाँ सरकारलाई फिर्ता गर्दै निर्वाचन आयोग



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन आयोगले माग गरेको रकमबाट ३ अर्ब रुपैयाँ सरकारलाई फिर्ता गर्ने तयारी गरेको छ ।

शुक्रबार निर्वाचन सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७४ सालको निर्वाचन भन्दा यस पटकको निर्वाचन कम खर्चमा सम्पन्न गरिएको जानकारी दिँदै खर्च भएर बचेको रकम सरकारलाई फिर्ता गर्ने तयारी भएको बताए । थपलियाकाअनुसार यस पटकको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान गरिएको थियो । तर सबै निर्वाचन ७ अर्बमा सम्पन्न भएको र लगभग ३ अर्ब रूपैयाँ बचेको उनले जानकारी दिए ।

निर्वाचन खर्चिलो भयो भन्नेबारेमा बारम्बार प्रश्न उठ्ने गरेको भन्दै थपलियाले भने, ‘यस पटक १० अर्ब रुपैयाँ माग गरेकोमा झन्डै ३ अर्ब फिर्ता गर्ने तयारीमा भनेर समाचार लेख्नु भए हुन्छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन र राष्ट्रिय सभाको निर्वाचन सकेर त्यति खर्च हो । आयोगको प्रस्पेक्टिभ हेर्दा हामीले अहिले ७४ सालको खर्च भन्दा कम खर्च गरेर निर्वाचन गरेका छौँ ।’ प्रमुख निर्वाचन आयुक्त थपलियाले बरु नेताहरूबाट नै निर्वाचन खर्चको पद्धति मिच्ने गल्ती भइरहेको स्पष्ट पारे । आयोगले निर्वाचनमा गर्ने खर्च कटौती गर्दै गइरहेको र आगामी दिनमा अझै कम बनाउन लाग्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ५ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले