६ आश्विन २०८३, मंगलबार । September 22, 2026

नागरिकता प्रकरणमा रवि लामिछाने दोषी ठहर,विदेशको त्याग्दैमा स्वतः नेपाली कायम नहुने


१३ माघ २०७९, शुक्रबार  

75
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको दोहोरो नागरिकता मुद्दामा सर्वोच्च अदालतले उनले प्रक्रिया पूरा नगरेको ठहर्याएको छ ।

उक्त ठहरसङ्गै ०५० सालकै नागरिकताका आधारमा २ र १ महिने मन्त्री र सांसद पद खेर गएको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मिलित संवैधानिक इजलासले अस्ति बुधवार र आज भएको बहसपछि यस्तो आदेश दिएको हो । यसअघि मुद्दाको पक्षमा बहस गर्ने कानुन व्यवसायीहरुले लामिछानेले नेपाली नागरिकता पुनःप्राप्तिको प्रक्रिया नै पूरा नगरेको तर्क गरेका थिए ।

मुद्दाको विपक्षमा रहेका कानुन व्यवसायीहरुको चाहिँ अमेरिकी नागरिकता त्यागेपछि लामिछाने स्वतः नेपाली नागरिक कायम हुने जिकिर थियो । असोजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेजीको माग दाबीसहित सर्वोच्चमा रिट परेको हो । अमेरिकी नागरिकता लिँदा उनको नेपालको नागरिकता कायम नरहेको र नेपाल फर्केपछि यहाँको नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै रिट निवेदकहरुले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।

अदालतमा आफूविरुद्ध मुद्दा विचाराधीन रहेको र प्रहरीमा थप अनुसन्धानको प्रक्रिया चलिरहँदा उनी गत पुस ११ गते उपप्रधानसहित गृहमन्त्री बनेका थिए ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ५ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा