४ असार २०८३, बिहिबार । June 18, 2026

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय


१३ माघ २०७९, शुक्रबार  

6
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति कायम गर्न पहल गर्ने निर्णय गरेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले कांग्रेस,एमालेसहितको सहमतिमा राष्ट्रपति चयन गर्नेबारे छलफल भएको जानकारी दिए । राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्ने पक्षमा बैठकमा सहभागी अधिकांश नेताहरुको साझा धारणा आएको उनले बताए ।

त्यसका लागि साझा व्यक्ति आवश्यक पर्ने र सोहीअनुसार सहमति जुटाउन आफूले पहलकदमी लिने माओवादीको निर्णय छ । एमालेसहित सात दलीय गठबन्धनमा रहेको माओवादीले शक्ति सन्तुलन मिलाउन संवैधानिक पदहरुमा प्रमुख दलहरुबीच न्युनतम समझदारी हुनुपर्नेमा जोड दिँदै आएको छ । विगतमा राष्ट्रपति र प्रधानमन्त्री यौटै पार्टीबाट हुँदा शक्ति सन्तुलन बिग्रिएकाले यसपटक सुजबुझपूर्ण निर्णय लिन स्थायी कमिटी सदस्यहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् ।

स्थायी समितिको अर्को बैठक माघ १६ गते बस्ने बताइएको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ५ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा