१ आश्विन २०८३, बिहिबार । September 18, 2026

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो


११ माघ २०७९, बुधबार  

6
Shares

कठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले बढेको छ ।

आज नेप्से परिसूचक १० दशमलव ३७ अङ्कले बढेर दुई हजार एक सय ८३ दशमलव ६२ अङ्कमा कायम भएको हो । आज दुई सय ६१ वटा कम्पनीको ९५ लाख ३२ हजार आठ सय ६७ कित्ता शेयर ५४ हजार तीन सय ७७ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ४६ करोड ६५ लाख आठ हजार तीन सय ३८ बराबरको कारोबार भएको छ । आज बैंकिङ, वित्त र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ ।

बैकिङ समूह सात दशमलव ४६, वित्त समूह शून्य दशमलव २५ र अन्य समूह २३ दशमलव ९५ अङ्कले घटेको छ । सबैभन्दा वृद्धि देखिनेमा जीवन बीमा समूहको उपसूचक दुई सय ६६ दशमलव १६ र निर्जीवन बीमा समूहको उपसूचक एक सय ८८ दशमलव २९ अङ्कले बढेको छ । त्यस्तै, विकास बैंक २८ दशमलव २४, होटल तथा पर्यटन समूह एक सय १८ दशमलव ०२, जलविद्युत् समूह ३६ दशमलव ५६, लगानी समूह शून्य दशमलव १६ र उत्पादन समूह ४० दशमलव ९५ अङ्कले बढेको छ ।

लघुवित्त समूहको उपसूचक ४७ दशमलव ९३, म्युचुअल फन्ड शून्य दशमलव १८ र व्यापार समूह १९ दशमलव १३ अङ्कले बढेको पनि नेप्सेले जनाएको छ । आज सानिमा जनरल इन्सुरेन्स कम्पनी लिमिटेड, सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रीन लाइफ हाइड्रो पावर लिमिटेडलगायत कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । बढी गुमाउनेमा भने राष्ट्रिय वाणिज्य बैंक म्युचुअल फन्ड–१, जानकी फाइनान्स कम्पनी लिमिटेड र पिपुल्प हाइड्रोपावर कम्पनीका लगानीकर्ता छन् ।

आज सबैभन्दा धेरै नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै रू १० करोड १४ लाख ८६ हजार बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ४ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ