६ आश्विन २०८३, मंगलबार । September 22, 2026

सांसद कोइरीलाई कारबाही गर्न एमालेबाट बाधा हुँदैन्ः महासेठ


१० माघ २०७९, मंगलबार  

6
Shares

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का सचिव रघुवीर महासेठले हत्याको आरोपमा फरार रहेका पार्टीका सांसद लक्ष्मी महतो कोइरीको बचाऊ गरेका छन् ।

मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अदालतले दोषी करार नगरेको भन्दै सांसद महतोलाई पक्राउ गर्ने हो भने त्यसमा आफ्नो पार्टीका कुनै पनि नेताहरुले बाधा, अवरोध नपर्‍याउने समेत स्पष्ट पारे । सचिव महासेठले शेरबहादुर देउवा नेतृत्वको सरकारले समाजसेवी पदक दिनका लागि सिफारिस गरेको व्यक्ति कसरी अपरोधी भयो ? भन्दै पटकपटक प्रश्न समेत गरेका छन् ।

महतोलाई महोत्तरीका शोषित पीडित जनताले लक्ष्मी पूजाको दिनमा लक्ष्मीलाई पुजा गरेर जसरी सम्मान गरिरहेको बेला उनिमाथि अपराधी करार गर्ने काम सांसदहरुले गर्न नहुने उनको तर्क छ । सचिव महासेठले नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाप्रति लक्षित गर्दै सांसद महतो अपराधी हो भने देउवा नेतृत्वको सरकारले किन कारबाही गरेन ? भनेर विचार गर्न पनि आग्रह गरे ।

सांसद महतो हाल पार्टीको सम्पर्कमा नरहेको भन्दै उनले कानुन बमोजिम कारबाही गर्न सरकारलाई पार्टीको तर्फबाट कुनै पनि अवरोध नहुने स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ३ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा