२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

नेप्से २४ अंकले ओरालो



काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झण्डै २४ अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलब ८३ अंकले ओरालो लागेर एक हजार ८१५ दशमलब १३ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब ८३ अंकले ओरालो लागेर तीन सय ५५ दशमलब ६० मा सीमित भएको छ । कूल दुई सय २८ कम्पनीको ४० लाख १४ हजार चार सय १९ कित्ता शेयर रु एक अर्ब सात करोड २४ लाख ८० हजार ९७ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज गिरावट आएको छ । आइतबारको कारोबारपछि बजार पुँजीकरण रु २६ खर्ब आठ अर्ब तीन करोड ४६ लाख ९६ हजार आठ सय ६६ बराबर रहेको छ । कारोबारका आधारमा लक्ष्मी बैंक शीर्ष स्थानमा छ ।

सो बैंकको रु २६ करोड दुई लाख ५७ हजार पाँच सय १८ बराबरको कारोबार भयो । यस्तै नबिल बैंक रु चार करोड २९ लाख ७८ हजार चार सय ५३, रिडी पावर कम्पनी रु तीन करोड ४९ लाख ८२ हजार, नेपाल पूर्वाधार बैंक रु दुई करोड ५९ लाख ४० हजार दुई सय ९३ र अरुण काबेली पावरको रु दुई करोड २३ लाख २५ हजार चार सय ७९ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार अभियान लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । नबिल इक्विटी फण्ड दुई दशमलब ९४, लक्ष्मी बैंक दुई दशमलब ६६, एनआइबीएल प्रगति फण्ड दुई दशमलब ५६ र जोशी हाइड्रोपावरका लगानीकर्ताले दुई प्रतिशतले कमाएका छन् ।

यस्तै तेह्रथुम पावर सात दशमलब ९०, कुमारी धनवृद्धि योजना सात, सामुदायिक लघुवित्त छ दशमलब ६५, नेपाल पूर्वाधार बैंक छ दशमलब ४१ र बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलब ७४ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ६ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ

आजको विनिमयदरः अमेरिकी डलर र पाउण्डको मूल्य घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (बुधबारका) लागि अमेरिकी