२८ माघ २०८२, मंगलबार । February 11, 2026

काँग्रेसले सभामुखमा घिमिरेलाई निर्वाचित गर्नुपर्छः योगेश भट्टराई



काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपाली काँग्रेसकै कारण वि.सं. २०७४ सालमा राष्ट्रपति सर्वसम्मत रुपमा हुन नसकेको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् । उनले वि.सं. २०७२ सालमा संविधान बनेपछि सर्वसम्मत रुपमा राष्ट्रपति चयन हुनुपर्ने भएपनि काँग्रेसप्रति लक्षित गर्दै काँग्रेसकै कारण सर्वसम्मत रुपमा राष्ट्रपति चयन हुन नसकेको बताए । उनले काँग्रेस इतिहासमा हेर्ने हो भनेपनि सबैभन्दा लाभ लिने र अरुलाई हस्तान्तरण नगर्ने दलको रुपमा रहेको दाबी गरे ।

उनले काँग्रेस लगायत प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने सबै दलहरुले मुटुबाट विश्वासको मत दिएको भए सभामुख उम्मेदवार देवराज घिमिरेलाई पनि मत दिएर सभामुखमा निर्वाचित गर्न आग्रह गरे । उनले भने ‘अहिले राष्ट्रपति विद्यादेवी भण्डारी सर्वसम्मत चुनिनुभएको होइन । हाम्रो अपेक्षा सर्वसम्मत चुनिनुपर्छ भन्ने थियो । यसको हेक्का हुनुपर्छ, कसको कारणले भएन, त्यो बेला नै सर्वसम्मत हुनुपर्दथ्यो ।

प्रधानमन्त्रीलाई विश्वासको मत मुटुले दिएको हो भने देवराज घिमिरेले पनि त्यो मत प्राप्त गर्नुपर्छ । निधारले हो भने केही भन्न सकिँदैन ।’

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  २ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Building Bridges in Kathmandu: A Day in the Life of a Russian Diplomat in Nepal

Kathmandu- This year, Russia marks Diplomatic Workers’ Day on 10 February,

टी–२० विश्वकपः रोमाञ्चक खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भयो नेपाल

काठमाडौं । मुम्बईमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा

टी–२० विश्वकपः इंग्ल्यान्डद्वारा नेपाललाई १८५ रनको चुनौतपूर्ण लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल

टी-२० विश्वकपः नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्दै इंग्ल्यान्ड

मुम्बई । टी २० विश्वकप २०२६ अन्तर्गत नेपालविरूद्धको खेलमा इंग्ल्यान्डले

टी-२० विश्वकपः बलियो टोली इङ्ल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले बलियो प्रतिष्पर्धी