४ असार २०८३, बिहिबार । June 18, 2026

संसदलाई निष्पक्ष रुपमा सञ्चालन गर्नसक्ने खुबी घिमिरेमा छः सुवास नेम्वाङ


५ माघ २०७९, बिहिबार  

6
Shares

काठमाडौं । नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले अहिलेको संसदलाई निष्पक्ष रुपमा सञ्चालन गर्नसक्ने खुबी सांसद देवराज घिमिरेमा रहेको भन्दै सभामुखमा विजयी गराउन आग्रह गरेका छन् ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद नेम्वाङले अहिलेको संसदलाई निष्पक्ष रुपमा सञ्चालन गर्नसक्ने काम सभामुख उम्मेदवार घिमिरेले मात्रै सक्ने बताएका हुन् । उनले सरकारलाई जनताप्रति व्यक्तिगत र सामूहिक रुपमा उत्तरदायी बनाउनुपर्ने जिम्मेवारी पूरा गर्नेमा आफू विश्वस्त रहेको बताए । उनले सिंगो प्रतिनिधि सभालाई एकतावद्ध बनाएर, सांसदहरुको विश्वास जितेर सबैलाई एकजुट बनाएर अघि बढ्नको लागि निष्पक्ष सदनको भुमिकामा घिमिरे उपयुक्त पात्र रहेको बताए ।

उनले घिमिरेले नेपाली राजनीतिमा पुर्‍याएको योगदानको कदर गर्दै आफूले सभामुखमा प्रश्ताव गरेको बताए । सांसद नेम्वाङले सभामुख उम्मेदवार घिमिरे सदनको बारेमा पनि विज्ञ भएकाले घमिरेले प्रतिनिधि सभामा रहेका सम्पूर्ण राजनीतिक दलहरुको विश्वासलाई समेट्नेमा पूर्ण विश्वास रहेको बताए ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  २ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा