२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

बुधबार पनि नेप्से परिसूचक ओरालो


२ कार्तिक २०७९, बुधबार  

0
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से बुधवार नेप्से परिसूचक १२ दशमलव ८१ अंक घटेर १८४५ दशमलव ५१ बिन्दुमा झरेको छ ।

यसैगरि,सेन्सेटिभ इण्डेक्स २ दशमलव ६६ अंक, फ्लोट इण्डेक्स ० दशमलव ६५ अंक र सेन्सेटिभ इण्डेक्स ० दशमलव ९३ अंकले घटेको छ । बुधवार कारोबारमा आएका २१६ कम्पनीको २१ लाख ५१ हजार कित्ता शेयर ६४ करोड ३६ लाख ७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक १ दशमलव ५६ प्रतिशत बढेको छ भने म्युचुअल फण्डको ० दशमलव १८ प्रतिशतले बढेको छ । यता वित्त उपसमूहको परिसूचक २ दशमलव ५४ प्रतिशत घटेको छ ।

बुधवार ३ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा अभियान लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रोपावर र सिटिजन्स म्युचुअल फण्ड २ को सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, अपर हेवाखोलाको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ ।

तर पिपुल्स पावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत घटेको छ । बुधवार सोल्टी होटलको ३ करोड ७२ लाख १२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ५ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ