१४ चैत्र २०८१, शुक्रबार । March 29, 2025

विमानमा कुनै पनि प्राविधिक त्रुटि छैन



काठमाडौं । सरकारको आदेशपछि आन्तरिक उडानमा रहेको विभिन्न विमान कम्पनीले सञ्चालन ल्याएको एटीआर विमानको प्राविधि जाँच गर्दा कुनै पनि एटीआर विमानमा प्राविधिक त्रुटि नरहेको पाइएको छ ।

सरकारले नेपालमा सञ्चालनमा रहेका विमानहरू सुरक्षित नरहेको भन्ने व्यापक रूपमा जनआवाज उठेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा सञ्चालनमा रहेका सबै एटीआर विमानको प्राविधिक परीक्षण गर्दा कुनै त्रुटि फेला नपरेको जनाएको छ । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरा विमानस्थलनजिकै दुर्घटनाग्रस्त हुँदा चालक दलसहित ७२ जनाको मृत्यु भएको थियो । सरकारको निर्देशनपछि प्राधिकरणका निरीक्षकहरूले सबै एटीआर विमानको परीक्षण गर्दा कुनै त्रुटि फेला नपरेको प्राधिकरणका प्रवक्ताले जानकारी दिए ।

नेपालमा निजी क्षेत्रबाट सञ्चालित विमान कम्पनीले सञ्चालनमा ल्याएका सबै विमानहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणले तोकेको मापदण्डमा सबै विमान कम्पनीहरू सञ्चालनमा ल्याएका जहाजहरू रहेको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ९ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दुर्गा प्रसाईंलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौंमा भएको आगजनी,

मानव अधिकार आयोगको ठहर: राजावादी प्रदर्शन हिंसात्मक

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले राजावादीहरूको प्रदर्शनलाई हिंसात्मक भएको निष्कर्ष

राजावादीले आगो लगाएको घरमा जलेर एभिन्युजका पत्रकारको मृत्यु

काठमाडौं । तीनकुनेस्थित एक घरमा राजावादी समर्थकहरूले आगो लगाउँदा एभिन्युज

काठमाडौंमा सेना परिचालन

काठमाडौं । राजधानी काठमाडौंको तनावग्रस्त तीनकुने क्षेत्रमा राजावादी आन्दोलन हिंसात्मक

प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाए

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त