१४ चैत्र २०८१, शुक्रबार । March 29, 2025

मन्त्रिपरिषद् विस्तार आज, नवनियुक्त मन्त्रीहरूले शपथ लिदै



काठमाडौं । सरकारले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति १० बजेसम्म चलेको बैठकले मन्त्रालय बाँडफाँड टुंग्याएको हो। बैठकपछि गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ मन्त्रीले दिउँसो १ बजे शपथ लिनेगरी दलहरूबीच सहमति भएको जानकारी दिए। ‘कुन–कुन पार्टीले कुन–कुन मन्त्रालयको जिम्मेवारी लिने भन्ने कुरा सहमति भइसकेको छ’, उनले भने, ‘को–को मन्त्री बने भनेर मंगलबार नै नाम बाहिर आउनेछ।’ यसअघि प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीबीच भएको भेटवार्तामा मन्त्रालयको भागवण्डा टुंगिसकेको छ।

साेमबार पाँच घण्टाभन्दा बढी चलेको सत्ता गठबन्धनको बैठकमा नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका अध्यक्ष लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए। गत पुस ११ गते प्रधानमन्त्रीको शपथ लिएका प्रधानमन्त्री प्रचण्डले तीन सातापछि मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका हुन्। मन्त्रिपरिषद् विस्तारअघि मंगलबार सर्वदलीय बैठक बोलाइएको छ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ८ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दुर्गा प्रसाईंलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौंमा भएको आगजनी,

मानव अधिकार आयोगको ठहर: राजावादी प्रदर्शन हिंसात्मक

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले राजावादीहरूको प्रदर्शनलाई हिंसात्मक भएको निष्कर्ष

राजावादीले आगो लगाएको घरमा जलेर एभिन्युजका पत्रकारको मृत्यु

काठमाडौं । तीनकुनेस्थित एक घरमा राजावादी समर्थकहरूले आगो लगाउँदा एभिन्युज

काठमाडौंमा सेना परिचालन

काठमाडौं । राजधानी काठमाडौंको तनावग्रस्त तीनकुने क्षेत्रमा राजावादी आन्दोलन हिंसात्मक

प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाए

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त