५ आश्विन २०८३, सोमबार । September 22, 2026

प्रधानमन्त्री दाहालसँग चिनियाँ राजदूतको भेट


२ माघ २०७९, सोमबार  

6
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सोङले सोमबार शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीलाई राजदूत सोङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट बधाई ज्ञापन गरेका थिए । भेटका क्रममा चिनियाँ राजदूतले नयाँ वर्ष २०२३ को शुभकामना सन्देश हस्तान्तरण गर्नुका साथै नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैँ साथमा रहने बताएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री दाहालले चिनियाँ सहयोग, सदभाव र भातृत्वको लागि आभार प्रकट गर्दै आफ्नातर्फबाट राष्ट्रपति सि जिन पिङ र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ३ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा