२८ चैत्र २०८१, शुक्रबार । April 11, 2025

सन्दिपमाथि अनुसन्धान गर्न थप ४ दिनको म्याद थप



काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले बुधवार पुनः ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । गत असोज २० पक्राउ परेका क्रिकेटर लामिछानेलाई २० गतेबाट गणना हुनेगरी गत असोज २४ गते ७ दिनका लागि म्याद थप गरिएको थियो । सो समय सकिएपछि असोज २७ गते पुनः थप ५ दिन अनुसन्धानका लागि समय उपलब्ध गराएको थियोे ।

दोस्रो पटक थपिएको समय पनि सकिएपछि कार्तिक १ गतेका लागि अदालतमा उपस्थित गराउनुपर्नेमा सार्वजनिक बिदाका कारण बुधवार अदालतमा उपस्थित गराइएको हो । अनुसन्धानका लागि प्रहरीले ७ दिनको समय माग गरेपनि अदालतले ४ दिनको समय उपलब्ध गराएको अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए ।

१७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो । काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् ।

सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

रुसी पत्रकारहरूलाई ६ वर्षसम्मको जेल सजाय

एजेन्सी | रुसी अभियोजनकर्ताहरूले विपक्षी नेता एलेक्सी नाभाल्नीको प्रतिबन्धित सङ्गठनसँग

नेपाल सुपर लिग: चितवनलाई हराउँदै ललितपुर शीर्ष स्थानमा

काठमाडौं । नेपाल सुपर लिग (NSL) फुटबल प्रतियोगितामा साविक विजेता

आईपीएलः दिल्लीको अपराजित यात्रा कायमै, बेंग्लुरूलाई ६ विकेटले हरायो

एजेन्सी । जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बेंग्लुरूको एम

हडसन नदीमा हेलिकप्टर दुर्घटना, ६ जनाको ज्यान गयो

एजेन्सी । अमेरिकाको न्यूयोर्कस्थित हडसन नदीमा भएको एक दर्दनाक हेलिकप्टर

कति पुग्यो अमेरिकी डलर ? यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको